१० बजे, १० समाचार
आज २०८१ जेठ १ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- नीति तथा कार्यक्रम
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । मङ्गलबार नै मन्त्रिपरिषद्को बैठकले उक्त नीति तथा कार्यक्रम पारित गरेको थियो ।
- संसद्मा अवरोध
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरुद्ध गरिरहेको कांग्रेसले आज राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिएको हो । संसदीय छानबिन समिति गठनलाई बटमलाइन बनाएको कांग्रेस राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न अन्तिममा सकारात्मक भएको थियो ।
- सहकारी ठगी प्रकरण
कास्की जिल्ला अदालतले सहकारी ठगी मुद्दामा फरार रहेका जिबी राईको राहदानी रद्द गर्न अस्वीकार गरेको छ। जिल्ला अदालतले कानुनले उक्त अधिकार नदिने भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको निवेदन खारेज गरिदिएको हो ।
- सन्दीप लामिछाने प्रकरण
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।
- केन्द्रीय समिति बैठक
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विभिन्न प्रतिवेदनमाथि १२ वटा समूह बनाएर छलफल भएको छ । अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि १२ वटा समूहमा छलफल भएको हो ।
- कर्णाली प्रदेश सरकार
२८ वर्षपछि निकै सङ्घर्षका बाबजुद यामलाल कँडेल पुनः शासकीय भूमिका आएका छन् । उनी ०५४ सालमा केन्द्रमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका थिए । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूको समर्थनमा कर्णाली सरकारको नेतृत्व गरिरहेका उनी चुनौतीको चाङमा छन् ।
- मौन मानव अधिकार आयोग
केही महिनाअघि सरकार र मानव अधिकार आयोगका बिचमा सचिव नियुक्तिलाई लिएर द्वन्द्व नै चल्यो । आयोगले मुरारीप्रसाद खरेलको नाम सिफारिस गरेको थियो । यो सिफारिस सर्वसम्मत नभएर आयोगभित्रै विवादका बिचमा भएको थियो । तर उक्त सिफारिसलाई पहिलो पटक प्रधानमन्त्री कार्यालयले फिर्ता पठायो । दोस्रो पटक पुनः आयोगले खरेलकै नाम सिफारिस गरेपछि सरकारले वैशाख ६ गते नियुक्त गर्ने निर्णय गर्यो ।
- कोशी प्रदेश
कोशी प्रदेश प्रदेशसभाको अर्थ समितिले प्रि-बजेट छलफल गरिरहेको छ । सुरुमा मुख्यमन्त्री कार्यालयका प्रमुख सचिवसहित सबै मन्त्रालयका सचिवहरूलाई बोलाएर छलफल गरेको अर्थ समितिले मंगलबार निजी क्षेत्रका संघ संस्थासँग छलफल गरेको हो ।
- मुआब्जा विवाद
कास्कीको तेस्रो ठुलो ताल रुपा अन्य दुई तालको तुलनामा सुनसान छ । फेवा र बेगनासमा पर्यटकको चहलपहल हुन्छ तर बेगनासको नजिकै भए पनि रुपामा गुल्जार छैन । पर्यटकलाई आकर्षित गर्ने सम्भावना भए पनि रुपामा खासै पर्यटक पुग्दैनन् ।
- स्वास्थ्य बीमा कार्यक्रम
आदर्श कोतवाल गाउँपालिका वडा नं ५, रुपौलिया टोलका रामनरेश प्रसाद यादव उपचारका लागि कलैया अस्पताल आउजाउ गर्न ४ सय रुपैयाँ भाडा तिर्छन् । यादव गाउँबाट अस्पताल आइपुग्दा एकदेखि डेढ घण्टा लाग्छ । ११ बजे अस्पतालको लामो लाइनमा बस्दाबस्दै रसिद काट्ने समय गुज्रिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्य नेपाल सेन्ट्रल ओपन : तोरण विक्रम शाही शीर्षस्थानमा
-
धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
-
हरेक महिना गराउनुहोस् यी दुई जाँच, बच्न सक्नु हुनेछ गम्भीर रोगबाट
-
विदेश भ्रमण ५ दिनमा सीमित गर्न कर्मचारीलाई स्वास्थ्यमन्त्रीको निर्देशन
-
सट्टेबाजी खेलाउने गिरोहसँग मिलेर वालेटका कर्मचारीले गर्थे केवाईसी भेरिफाई
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो