राष्ट्रपतिको सवारीमा बानेश्वर चोकमा मात्रै सवारी चल्न रोक

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको सवारीमा मंगलबार निजी तथा सार्वजनिक सवारी निर्बाध चलेका छन् । आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ बानेश्वरस्थित संसद् भवनमा गएका राष्ट्रपति पौडेको सवारीमा बानेश्वर चोकमा मात्रै सवारी साधन चल्न रोक लगाइएको छ ।
बानेश्वर चोकबाट संघीय संसद्को गेटसम्म केहीबेर निजी तथा सार्वजनिक सवारी होल्ड गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी पोषराज पोखरेलले रातोपाटीलाई बताए । राजकीय कार्यक्रम भएको हुनाले करिब ५० मिटर सडकमा मात्रै गाडी रोकेर सवारी चलाइएको पोखरेलको भनाइ छ ।
ट्राफिक प्रहरीले शीतल निवासबाट बानेश्वर चोकसम्मको सडकमा अन्यत्र गाडी चल्न रोकेन । बानेश्वर चोकबाट पौडेलको कारगेडलाई घोडाको रिसल्ला ले स्कर्ट गरेको थियो । संसद् भवनमा उनलाई रातो कार्पेट विछ्याएर स्वागत गर्दै सैन्य टुकडीले सलामी अर्पण गरेको थियो ।
सडकको अन्यत्र चोकमा राष्ट्रपतिको सवारी कटाउन केही मिनेट शाखा सडकमा सवारी डाइभर्ट गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एचएमडी क्रेस्ट फाइभजी स्मार्टफोन नेपाली बजारमा
-
कालिञ्चोक दर्शनको हकप्रद शेयरको बिक्री प्रबन्धकमा एसबीआई मर्चेण्ट
-
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङमा नयाँ शाखा
-
निर्माण व्यवसायीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न महासंघको माग
-
नेपालमा शङ्कास्पद गतिविधि संलग्न ७ जना बंगलादेशी नागरिक पक्राउ
-
सेनाले भन्यो– ‘रुख काट्ने प्रक्रिया पुरा गर्न ११ महिना लाग्छ’