बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम आयो : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रमले बजेटसँग तादात्म्यता मिल्ने र कार्यान्वयनमा जाने गरी क्रमिक सुधारहरूका बीउहरु रोपेको बताएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
वाग्लेले विगतमा कार्यक्रममा ठुला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सीमित हुने कुरालाई ब्रेक गरेको बताए । उनले कार्यक्रमले ठुला कुरा नगरौँ र क्रमिक सुधारहरू (इङक्रिमेन्टल रिर्फम) हरू हरेक मन्त्रालयमा गरेर हेरौँ भन्ने बीउ सबै मन्त्रालयमा राखेको बताए । उनले नीति तथा कार्यक्रम बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना रहेको बताए ।
वाग्लेले विगत ३२ वर्षमा सबैभन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकारोक्ति रहेको बताए ।
उनले भने,‘सरकारले ल्याएको नीति तथा कार्यक्रम डिपार्चर प्रस्थान गर्ने खालको आएको छ । विगतमा कार्यक्रममा ठुला कुरा गर्ने बजेटमा तादात्मयता नहुने र कार्यान्वयनमा जाँदै नजाने कर्मकाण्डमा सीमित थियो । यो वर्ष ठुला कुरा नगरौँ तर क्रमिक सुधारहरू (इङक्रिमेन्टल रिर्फम)हरू हरेक मन्त्रालयमा गरेर हेरौँ भन्ने बिउ सबै मन्त्रालयमा राखेको पाए । दर्शनौं क्रमिक सुधारहरूका बिउ यसपालि राखिएका छन् । त्यो भनेको बजेटसँग मिल्ने सम्भावना बढेको छ । बजेटमा सम्बोधन हुने देखिएकाले कार्यान्वयनमा जाने सम्भावना देखिएको छ । विगत ३२ वर्षमा सबै भन्दा बढी शासन गरेको पार्टीले नीति तथा कार्यक्रम पुरानै शैली भन्नु भनेको आफ्नो कमजोरीको स्वीकार युक्ति हो । नीति तथा कार्यक्रमले अर्थतन्त्र सुधार गर्ने जग बसालेको छ । नीति तथा कार्यक्रममा टेकेर बजेट आउँदैछ ।’
वाग्ले अर्थतन्त्र सुधार गर्ने जग बसालेकाले नीति तथा कार्यक्रममा टेकेर बजेट आउने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा