शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

कांग्रेसबाट संसद‍्मा अशोभनीय काम भयो : अर्थमन्त्री पुन

मङ्गलबार, ०१ जेठ २०८१, १८ : ४३
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रपति रामचन्द्र पौडेललाई संसदबाट धन्यवाद ज्ञापन गर्न समेत नदिएर प्रमुख प्रतिपक्षी दल कांग्रेसले अशोभनीय काम गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकपछि बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम राम्रो आएको र यसैलाई समर्थन गर्नेगरी बजेट आउने बताएका हुन् ।

मन्त्री पुनले भने,‘बजेट मार्फत नीति तथा कार्यक्रम लागू हुन्छ । विगतमा नीति तथा कार्यक्रम र बजेटको तालमेल मिलेन भन्ने बहस तथा छलफल आउँथ्यो, यसपटक त्यस्तो हुँदैन । प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरुद्ध गर्ने अशोभनीय काम भयो, राष्ट्रपति देशको प्रमुख व्यक्ति हो, देशको अभिभावक हो, उहाँले संसद्लाई २ घण्टा  सम्बोधन  गरिसकेपछि सामान्य सम्मान अर्थात राष्ट्रको लागि सम्बोधन गर्नुभयो सामान्य धन्यवाद पनि भन्न नसक्ने अवस्था भयो । त्यत्ति धन्यवाद दिन दिएको भए हुन्थ्यो । जिम्मेवार प्रतिपक्षको भूमिका भएन । देशको पुरानो लोकतान्त्रिक परम्परा बोकेको पार्टीले लोकतान्त्रिक चरित्र देखाएन ।’

उनले संसद् चल्न पाउनुपर्ने बताउँदै नीति तथा कार्यक्रममाथि छलफलका लागि ७ दिनको समय राखेको बताए । 

मन्त्री पुनले गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्न पाएपछि मात्र संसदीय छानबिनको कुरा अघि बढ्ने उल्लेख गरे । उनले कांग्रेसले एकोहोरो आरोप मात्र लगाएको र अर्को पक्षलाई बोल्न नदिनु अलोकतान्त्रिक गतिविधि भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप