शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
संसद् बैठक

पारित भएन ‘धन्यवादको प्रस्ताव’ : जेठ ३ गतेसम्म प्रतिनिधि सभा बैठक स्थगित

मङ्गलबार, ०१ जेठ २०८१, १८ : २५
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले जेठ ३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि ‘धन्यवाद प्रस्ताव’ पारित गर्नका लागि मंगलबार साँझ बसेको बैठक कांग्रेसको अवरोधपछि स्थगित भएको हो । 

सभामुखले बैठक सुरु भएको बताउनासाथ कांग्रेस सांसदहरू दौडिएर सभामुखको आसन घेर्दै नाराबाजी थालेका थिए । उनीहरूले सहकारी ठगलाई कारबाही गर्नुपर्ने, संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै संसद्मा नाराबाजी गरे । 

प्रतिनिधि सभामा राष्ट्रपतिलाई आधार व्यक्त गर्न गरिने धन्यवादको प्रस्ताव नै अघि बढ्न नसकेपछि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि संसद्मा छलफल अघि नबढ्ने देखिएको छ । राजनीतिक दलहरूबिच सहमति नभएमा जेठ १५ गते सरकारले प्रस्तुत गर्ने बजेट कार्यक्रम पनि सहज ढङ्गले अघि बढ्न मुस्किल देखिएको छ । गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप