बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रदेश

सोडारीलाई विश्वासको मत दिन एमाले केन्द्रको निर्देशन

मङ्गलबार, ०१ जेठ २०८१, १७ : ५५
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । नेकपा एमालेले नेकपा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने भएको छ ।

मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने तयारी भएको एमाले सुदूरपश्चिम प्रदेश सभाका सचेतक निर्मलादेवी साउँदले जानकारी दिइन् । उनका अनुसार पार्टी केन्द्रले निर्देशन दिँदै सोडारीलाई विश्वासको मत दिन निर्देशन दिइसकेको छ ।

‘केन्द्रको निर्देशन विश्वासको मत दिने भनेर आएको छ । अव हामी दायाँबायाँ गर्दैनौँ’,साउँदले भनिन्, ‘उक्त दिन सबै सदस्यलाई प्रदेश सभा बैठकमा उपस्थित हुन समेत भनिएको छ ।’ यद्यपि उनले प्रदेश संसदीय दलको बैठक बसेर औपचारिक निर्णय भने गर्न बाँकी नै रहेको बताइन् ।

सोडारी वैशाख ६ गते एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २१ र २२ वैशाखमा विश्वासको मत लिने तयारी गरेपनि एमालेले विश्वासको मत लिन अहिले नै नहतारिन आग्रह गरेपछि रोकिएको थियो ।

सोडारीले यही जेठ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप