शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

सरकारको नीति तथा कार्यक्रममा खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड

मङ्गलबार, ०१ जेठ २०८१, १७ : ३१
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । सरकारले आगामी वर्ष खेलकुदको भौतिक पूर्वाधारलाई विशेष प्राथमिकतामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै खेलकुदको भौतिक पूर्वाधार निर्माणमा जोड दिइने बताए ।

‘खेलकुदको भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखिने छ,’ उनले भनेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको मुलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्यलाई विशेष प्राथमिकताका साथ अगाडि बढाइने बताए । 

यसै गरी उनले चीतवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माण कार्य प्रदेश सरकार र स्थानीय सरकारको साझेदारीमा प्राथमिकताका साथ अघि बढाइने बताए । 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिसहित थप निर्माण कार्य पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गरिएको छ ।

यसै वर्ष १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । देशको सबैभन्दा वृहत् खेलकुद प्रतियोगिताको १०औँ संस्करण कर्णाली प्रदेशमा हुने भनिएको छ । यसअघि कर्णाली प्रदेशमा वृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना भएको छैन ।

यसै गरी खेलकुदमा महिला सहभागिता बढाइने कुरा पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ । देशको मौलिक र परम्परागत खेलको प्रवर्द्धन गर्ने तथा प्रतिभावान् खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढाइने तथा आधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

यसै गरी विद्यालस्तरमा शिक्षक र विद्यार्थीलाई खेलकुदको तालिम दिइने र खेलकुद क्षेत्रमा विशेष कार्यक्रमहरू सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  

यसै गरी अन्तर्राष्ट्रिय प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार र सम्मानसहित जीवन निर्वाह भत्ताको व्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सबैका लागि खेलकुद र योग अभ्यासको अवसर सृजना गरिने पनि उल्लेख छ ।

यसै गरी एक हजार युवालाई फेलोसिप उपलब्ध गराइने पनि राष्ट्रपतिले वाचन गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । युवालाई फेलोसिप उपलब्ध गराउनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने र युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने ।
  • काठमाडौँको मुलपानी, मोरङको विराटनगर र कैलालीको फाप्ला क्रिकेट मैदानको निर्माण कार्य प्राथमिकतामा ।
  • चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य प्रदेश र स्थानीय सरकारको सहकार्यमा ।
  • कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति र थप निर्माण कार्य अघि बढाइने ।
  • खेलकुदमा महिला सहभागिता बढाइने ।
  • अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको सहभागिता बढाइने ।
  • आधुनिक प्रविधियुक्त अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने ।
  • मौलिक र परम्परागत खेलको प्रवर्द्धन गर्ने ।
  • प्रतिभावान् खेलाडीको खोजी गर्न राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गरिने ।
  • विद्यालस्तरमा शिक्षक र विद्यार्थीलाई खेलकुदको तालिम दिइने ।
  • अन्तर्राष्ट्रिय प्रतियोगिताका विजयी खेलाडीलाई पुरस्कार र सम्मानसहित जीवन निर्वाह भत्ताको व्यवस्था गरिने ।
  • सबैका लागि खेलकुद र योग अभ्यासको अवसर सृजना गरिने ।
  • एक हजार युवालाई फेलोसिप उपलब्ध गराइने ।
  • युवा स्वयंसेवी कार्यक्रम सञ्चालन गरिने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप