चारवटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा

काठमाडौँ । सरकारले ४ वटै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेना सहित सबै सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्ने घोषणा गरे ।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले भने,‘राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ गरिने छ ।’
नेपाली सेनाले सञ्चालन गरिरहेको ‘बंकर देखी ब्यारेक’ कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरिएको छ । राष्ट्रिय सेवा दल सम्बन्धी कार्यक्रमलाई स्थानीय तहसम्म विस्तार गरिने पौडेलले बताए । उनले भने,‘अत्यावश्यक गोली गठ्ठा, विस्फोटक पदार्थ र लत्ताकपडा लगायत सैन्य सामग्रीमा आत्मनिर्भरता हासिल गर्दै जाने नीति लिइने छ ।’
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय यथाशीघ्र सञ्चालन गरिने उल्लेख गर्दै राष्ट्रपतिले युएनमा प्रतिनिधित्व बढाउन कूटनीतिक पहल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा सडक दुर्घटना, एक जनाको मृत्यु
-
क्याबिनेट बैठक निर्णय : आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित, गभर्नर सिफारिस समिति सदस्यमा अधिकारी
-
आँगनमा कुखुरा आएको निहुँमा बुवामाथि गोली प्रहार
-
रेशमलाई पक्राउ गर्नुपर्ने पत्र बोकेर १० बजे नै डिल्लीबजार पुगेका थिए महिमानसिंह विष्ट
-
यी हुन् सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमति
-
विद्यालय शिक्षा विधेयक तपाईंहरूकै घरमा लैजान्छौँ : गृहमन्त्री लेखक