शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सामाजिक सुरक्षामा केन्द्रित सबै संस्थालाई मर्जर गर्ने सरकारको उद्घोष

मङ्गलबार, ०१ जेठ २०८१, १७ : १०
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । सरकारले हाल सञ्चालनमा रहेका सबै सामाजिक सुरक्षामा केन्द्रित वित्त संस्थाहरूलाई मर्जर गर्ने रणनीति बनाएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै छरिएर रहेका सामाजिक सुरक्षामा काम गर्ने संस्थाहरूलाई एकीकृत गर्ने बताएका हुन् । 

हाल सामाजिक सुरक्षा कोष (एसएसएफ) सँगै नागरिक लगानी कोष (सीआईटी) र कर्मचारी सञ्चय कोष (ईपीएफ) गरी तीनवटा संस्था सामाजिक सुरक्षा कार्यक्रममा केन्द्रित छन् । एउटै उद्देश्य भएका तीन तीन वटा संस्थाको आवश्यकता नपर्ने भन्दै मर्जरको विषय उठ्दै आएको थियो । तर, सरकारले नीति तथा कार्यक्रममा नै समेट्दै यस्ता एकै प्रकृतिका सामाजिक सुरक्षा कार्यक्रमका संस्थानहरूलाई मर्जर गर्ने जनाएको हो । 

सरकारले सबै खाले औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप