शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रहरीको बढुवा प्रणाली अनुमानयोग्य बनाउने सरकारको घोषणा

मङ्गलबार, ०१ जेठ २०८१, १७ : ०७
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । प्रहरीको बढुवा प्रणालीलाई अनुमान योग्य बनाउने घोषणा गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो घोषणा गरेका हुन् । 

उनले भने,‘सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्ति हुने अवधि पुनरावलोकन गरिने छ, बढुवा प्रणालीलाई अनुमान योग्य बनाइने छ ।’

गृह प्रशासनलाई थप प्रभावकारी बनाउन सबल, सक्षम र व्यावसायिक तुल्याइने उनले बताए । प्रहरीलाई  भौतिक पूर्वाधार र प्राविधिक स्रोत साधनले सम्पन्न तुल्याउने उद्घोष गर्दै पौडेलले भने,‘आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो बनाइने छ ।’ 

राज्यले संरक्षण गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभूति दिलाइने सरकारले घोषणा गरेको छ । अन्तर्राष्ट्रिय सिमापार अपराध र राजस्व चुहावट नियन्त्रण गरिने नीति तथा कार्यक्रम मार्फत घोषणा गरिएको छ । अध्यागमन सेवालाई थप व्यवस्थित  बनाइने र कारागारको भौतिक सुधारलाई प्राथमिकता दिने राष्ट्रपति पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप