शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

वैदेशिक रोजगारसम्बन्धी कानुन परिमार्जन गरिने

मङ्गलबार, ०१ जेठ २०८१, १६ : ५९
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । सरकारले वैदेशिक रोजगारसम्बन्धीका कानुन परिमार्जन गरिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले वैदेशिक रोजगारसँग सम्बन्धित कानुनहरू परिमार्जन गर्ने बताएका हुन् । 

वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन सम्बद्ध कानुनमा परिमार्जन गरिने बताएका हुन् । सरकारले वैदेशिक रोजगार ऐन, २०६४, नियमावली, लगायतका ऐन कानुनलाई समयानुकूल परिमार्जन गर्ने जनाएको हो । 

त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवश्यक तयारी गर्दै आएको छ । 

त्यस्तै वैदेशिक रोजगारीलाई थप व्यवस्थित गर्नका लागि श्रम गन्तव्यको स्थानान्तरण गर्ने नीति लिइने बताए । वैदेशिक रोजगारीमा जानु पूर्वको अभिमुखीकरण तालिमलाई क्रमशः निःशुल्क बनाइने बताए । 

त्यस्तै सीप विना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिने राष्ट्रपति पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप