शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

आगामी आर्थिक वर्षभित्र 'कन्ट्री रेटिङ' सम्पन्न गरिने

मङ्गलबार, ०१ जेठ २०८१, १६ : ०९
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष आन्तरिक तथा बाह्य लगानी आकर्षित गर्न थप कानुनी सुधार गर्ने भएको छ । 

लगानी र प्रतिफलको सहजताका लागि बाधक बनेका ऐनहरूको संशोधन परिमार्जन गर्दै सहजिकरण गरिने राष्ट्रपति रामचन्द्र पौडेले नीति तथा कार्यक्रममार्फत जानकारी दिए । साथै, विकास निर्मााणका काममा निजी क्षेत्रको पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्धसँगै विकास वित्तका नविनतम् उपकरहरू परिचालन गरिने उनले बताए । 

विश्वव्यापी रूपमा प्रचलनमा रहेका ऋण तथा अन्य मिश्रित रूपमा रहेका विदेशी लगानी भित्र्याउन सहजीकरण गरिनुका साथै, आगामी आर्थिक वर्ष भित्र कन्ट्री रेटिङ सम्पन्न गरिने समेत राष्ट्रपति पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप