बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

व्यक्तित्व अधिकार माग्न उच्च अदालत पुगे ज्याकी

मङ्गलबार, ०१ जेठ २०८१, १६ : ००
मङ्गलबार, ०१ जेठ २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता ज्याकी श्राफ उच्च अदालत पुगेका छन् । अभिनेताले दिल्ली उच्च अदालतमा आफ्नो पर्सनालिटी राइट्स (व्यक्तित्व अधिकार)को माग गरेका हुन् । 

आफ्नो नाम, फोटो र आवाजको दुरुपयोग रोक्न एवम् व्यक्तित्व अधिकारको रक्षा गर्न उनले दिल्ली उच्च अदालतमा याचिका दायर गरेका छन् । बिना अनुमति ज्याकीको तस्बिरलाई आफ्नो फाइदाको लागि प्रयोग गर्ने संगठनहरू विरुद्ध यो मुद्दा दायर गरिएको हो । उनले सामाजिक सञ्जाल ह्यान्डल, एआई प्लेटफर्म र जीआईएफ/मीम बनाउने प्लेटफर्महरूलाई अनुमति बिना आफ्नो आवाज वा नाम प्रयोग गर्नबाट रोक्न यस्तो कदम चालेका हुन् ।

केही अवस्थामा ज्याकीको तस्बिर प्रयोग गरेर आपत्तिजनक मीम बनाइएको र उनको आवाजको पनि दुरुपयोग भएको अभिनेताका वकिलले अदालतलाई बताएका थिए । ज्याकी श्राफको व्यक्तित्व प्रयोग गरेर अश्लील सामग्री सिर्जना गरिएको पनि बताइएको छ । अदालतले ज्याकी श्राफको मुद्दामा आज समन जारी गर्दै भोलि सम्पूर्ण मामिलामा विचार गर्ने बताएको छ ।

  • अमिताभ बच्चनले पनि लिइसकेका छन् पर्सनालिटी राइट्स

भारतीय सेलिब्रेटीहरू पर्सनालिटी राइट्सको विषयमा पहिले भन्दा निकै सचेत भएका छन् । गत वर्ष दिल्ली उच्च अदालतले अमिताभ बच्चनको नाम, आवाज र फोटो उनको अनुमति बिना प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो । साना र ठुला कयौँ कम्पनीहरूले अमिताभको फोटो, आवाज र नाम बिना अनुमति प्रयोग गरेका थिए । उनको अनुमति बिना धेरै विज्ञापनमा उनको अनुहार देखाइएको थियो । अमिताभका वकिल हरीश साल्वेले यस विषयमा दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए । यसमा व्यावसायिक उद्योगहरूलाई अभिनेताको फोटो, आवाज र नाम अनुमति बिना प्रयोग गर्न बन्द गर्न आग्रह गरिएको थियो ।

  • अनिल कपुर पनि अदालतमा

अनिल कपुरले पनि आफ्नो पर्सनालिटी राइट्सका लागि दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए । यसैमा अदालतले अनिल कपूरलाई व्यक्तित्व अधिकार पनि दिएको थियो । अनिल कपुरको अनुमति बिना उनको नाम, आवाज र फोटो प्रयोग गर्न अदालतले रोक लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप