शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

सङ्घीयता कार्यान्वयन सम्बन्धी कानुन शीघ्र निर्माण : राष्ट्रपति

मङ्गलबार, ०१ जेठ २०८१, १५ : ३४
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । सरकारले सङ्घीयता कार्यान्वयन सम्बन्धी कानुन शीघ्र निर्माण गर्ने बताएको छ । 

सरकारको वार्षिक नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो प्रतिबद्धता जनाएको हो । 

‘सङ्घीयता कार्यान्वयनसम्बन्धी बाँकी कानुन शीघ्र निर्माण गरिनेछ’, राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै भने, ‘सङ्घ, प्रदेश र स्थानीय तहका कानुनका ढाँचामा एकरुपता ल्याइनेछ । 

कानुन तर्जुमा र कार्यान्वयनमा प्रदेशको क्षमता बढाइने तथा स्थानीय तहको न्यायिक निरुपण प्रणालीलाई सुदृढ तुल्याइने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप