शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

चालु वर्षमा विकासले फड्को मारेको राष्ट्रपतिको दाबी, दुई सुरुङ छिचोलियो

मङ्गलबार, ०१ जेठ २०८१, १५ : ३२
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विकासे कामलाई तीव्रता दिइरहेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले यो सरकारले विकासको गतिलाई तीव्रता दिएको बताएका हुन् ।

आज बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले विकासको कामले गति लिएको आँकडा प्रस्तुत गरेका हुन् । राष्ट्रपति पौडेलले सुनकोसी मरिन डाइभर्सनको सुरुङ निर्धारित समयभन्दा अगावै सकिएको बताए । यस्तै चालु वर्षमा थप ३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याएको समेत उनले बताए ।

यस्तै जलविद्युत उत्पादनको जडित क्षमता २ हजार ९४० मेगावाट पुगेको, कूल जनसंख्याको ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको समेत उनले बताए । यसैगरी विभिन्न कारणले लामो समयदेखि रोकिएको प्रसारणलाईन र सबस्टेसनको निर्माणको काम समेत चालु वर्षमा अघि बढेको उनले बताए । यसबाट उत्पादित बिजुलीको प्रसारणमा सहजता आएको बताइएको छ ।

यता नेपालमा उत्पादित बिजुली भारत र बंगलादेशमा निर्यातको प्रक्रिया सुरु भइसकेको समेत राष्ट्रपति पौडेलको भनाइ छ । पूर्वाधार विकासका आयोजना कार्यान्वयनलाई तीव्रता दिएको बताउँदै उनले भने, ‘पूर्व पश्चिम राजमार्गमा देखिएका समस्या समाधान गर्दै अघि बढाइएको छ ।’

नागढुंगा नौबिसे सुरुङमार्ग छिचोलिनुका साथै निर्माणाधीन स्थानीय अस्पतालको निर्माणकार्यलाई अघि बढाइएको समेत उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप