शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रम : यस्ता छन् सरकारका मुख्य प्राथमिकता

मङ्गलबार, ०१ जेठ २०८१, १५ : २६
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । संसद् भवन नयाँ बानेश्वरमा संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

राष्ट्रपति पौडेलले वाचन गरिरहेको नीति कार्यक्रममा सरकारले संविधान कार्यान्वयन, संघीयताको सबलीकरण, अर्थतन्त्रको सुधार र पुनर्उत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार र सबलीकरण, नागरिकमैत्री शासन प्रणालीको स्थापना तथा भ्रष्टाचार नियन्त्रण सरकारका मुख्य प्राथमिकता रहेको बताएका छन् ।

सुशासनलाई संस्तथागत, विकासलाई गति र सेवा प्रवाहलाई सुधार गर्न सरकार स्पष्टसाथ अघि बढेको पनि राष्ट्रपतिले जनाएका छन् । त्यस्तै शान्ति प्रक्रियालाई पूर्णता दिन सरकार प्रतिबद्ध रहेको राष्ट्रपतिले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप