कपडामा लेपन गरेर सुन ल्याउने दुई भारतीयलाई ७ दिन थुनामा राख्न अनुमति
सुन गाल्न राष्ट्र बैंक पठाइँदै
मङ्गलबार, ०१ जेठ २०८१, १५ : ०९

काठमाडौँ । दुबईबाट कपडामा लेपन गरेर सुन लिएर आएका दुई जना भारतीय नागरिकलाई ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासकले उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।
आइतबार प्रहरीले भारतीय नागरिक ३३ वर्षीय सुरेश कुमार र ३४ वर्षीय मोहन कुमार गणेशनलाई पक्राउ गरेर भन्सार कार्यालयमा बुझाएको थियो । अण्डरवेयर, टिसर्ट र पाइन्टमा लेपन गरिएको सुन सहित कपडाको तौल ५ केजी १ सय ग्राम मापन गरिएको छ ।
कपडा र सुन छुट्याएर यकिन परिमाण निकाल्न राष्ट्र बैंकमा पठाउन लागिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बरालले रातोपाटीलाई बताए । उनले भने, ‘सुन गाल्न राष्ट्र बैङ्कमा पठाउँछौँ ।’ आरोपीहरुलाई भन्सार ऐन अन्तर्गतको कसुरमा विमानस्थल भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?