‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत एक हजार नर्सले पाए रोजगार

काठमाडौँ । नेपाल सरकारबाट सञ्चालित ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत एक हजार नर्सले रोजगार प्राप्त गरेका छन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रममा एक हजार नर्सले रोजगार प्राप्त गरेको बताइन् ।
‘एक विद्यालय, एक नर्स कार्यक्रममा एक हजार बढी सरकारी विद्यालयमा एक नर्स राखेको अवस्था छ,’ उनले भनिन्, ‘सङ्घीय मन्त्रालयको बजेटबाट २ सय २७ स्थानका विद्यालयमा नर्स राखिएको अवस्था छ ।’
निरौलाले देशभरका सरकारी र निजी गरेर ३४ हजार बढी विद्यालय रहेको बताइन् । ‘सरकारी विद्यालय मात्रै २६ हजार बढी विद्यालय छन्,’ उनले भनिन्, ‘सरकारी र निजी विद्यालयमा एक विद्यालय, एक नर्स कार्यक्रम लागू गर्नसके नर्सिङ जनशक्तिले रोजगारी प्राप्त गर्थ्यो ।’
विद्यार्थीका शारीरिक मानसिक स्वास्थ्यलाई प्रमोसन गर्न र सिकाई मैत्री वातावरण बनाउन सम्पूर्ण विद्यालयमा एक नर्स राख्न आवश्यक रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट
-
१२ बजे, १२ समाचार : तीनकुने घटनामा संलग्न १२ जना थुनामुक्तदेखि १० रुपैयाँ भारु प्रतियुनिटमा पनि पाइएन विजुलीसम्म
-
भीम रावलको प्रश्न : महेश बस्नेत र पूर्णबहादुरको कुराको छानबिन हुनुपर्दैन ?
-
मनमोहन स्मृति क्रिकेट : त्रिभुवन आर्मी फाइनलमा
-
खुल्न थाले सामुदायिक विद्यालय
-
सन्तोषीको लन्डन म्याराथनमा नयाँ कीर्तिमान, सन्तोष गिनिज वर्ल्ड रेकर्डमा दर्ता