हतियार लिएर युक्रेन पुगे अमेरिकी विदेशमन्त्री ब्लिन्केन

वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेन पुगेका छन् । अमेरिकी सहायता प्याकेजको हतियार आपूर्ति गर्न उनी त्यसतर्फ गएका हुन् ।
युक्रेनले खार्किभमा ठुलो आक्रमणको सामना गरिरहेको बेला यी हतियारहरू पुगेका छन् । ब्लिन्केनले युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र वरिष्ठ सरकारी अधिकारीहरूसँग भेटघाट गर्ने बताइएको छ ।
भेटका क्रममा ब्लिन्केनले युक्रेनी अधिकारीहरूलाई अमेरिकी सहयोगको आश्वासन दिने अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकाले तीन साताअघि अमेरिकी संसदबाट युक्रेनका लागि ६१ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको थियो । विगत एक वर्षदेखि यो प्याकेजलाई लिएर संसदमा विवाद चलिरहेको थियो ।
ब्लिन्केन युक्रेन पुग्नु अघि नै युक्रेनको एयर डिफेन्स इन्टरसेप्टर, तोप र एटीएसीएमएसको लामो दूरीसम्म सटीक हमला गर्न सक्ने मिसाइलहरू प्राप्त गर्न थालेको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनामा भूमिगत विद्युत्गृहभित्र रोटर जडान
-
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
-
मकवानपुरमा छुट्टाछुट्टै दुर्घटना, दुई जनाको मृत्यु
-
रवि/बालेनहरुको उखरमाउलोलाई राष्ट्रिय खतरा देखाउन खोजिँदैछ : घनश्याम भुसाल
-
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री
-
अब सरकारी कोषबाटै पार्टीलाई रकम, उम्मेदवारलाई चुनावमा चन्दा वर्जित !