बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
सुरु भयो विद्यार्थी महोत्सव, तस्बिरहरू
महोत्सव

सुरु भयो विद्यार्थी महोत्सव, तस्बिरहरू

मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । 'इम्पावारिङ माइन्ड्स, सेपिङ फ्युचर' भन्ने मूल नाराको साथ अनेरास्ववियुको स्थापना दिवसको अवसरमा आजदेखि ‘विद्यार्थी महोत्सव’ भृकुटी मण्डपमा सुरु भएको छ । विद्यार्थीको रचनात्मक गतिविधिहरू जोडेर विद्यार्थीलाई विभिन्न सीप तथा ज्ञानको बारेमा सिकाइनुका साथै प्रदर्शन गरिएको छ। 

bidhyarthi mahotsav (1)

अनेरास्ववियु अध्यक्ष समिक बडालले अनेरास्ववियु स्थापना भएको ६० वर्ष पुगेको अवसरमा विद्यार्थी महोत्सव गरिएको बताए । युवा विद्यार्थीलाई मातृभूमि प्रति प्रेम र स्नेह जगाउँदै ‘नेपालमै पढ्छु, म बनाउँछु मेरो देश नेपाल’ भन्ने भावना जागृत गर्दै ‘विद्यार्थी महोत्सव’ मार्फत नयाँ जागरण ल्याउने प्रयास गर्न लागिएको अध्यक्ष बडालको भनाई छ ।

bidhyarthi mahotsav (2)

 ‘विद्यार्थी महोत्सव’ मा १५० भन्दा बढी शैक्षिक स्टल राखिएका छन् । महोत्सवमा अनेरास्ववियुको इतिहास, लाइभ म्युजिक, प्रत्यक्ष परियोजनाहरू, करियर काउन्सिलिङ, बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रक्तदान तथा स्वास्थ्य शिविर, फुड स्टल, ई– गेमिङ प्रतियोगिता, रोबोटिक्स, पर्यटन भिजन, विश्वविद्यालय जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण लगायतका कार्यक्रम तथा स्टलहरू राखिएको अध्यक्ष बडालले बताए ।

bidhyarthi mahotsav (3)

‘विद्यार्थी महोत्सव’ मा विद्यार्थी आन्दोलनलाई रचनात्मक गतिविधिसँग जोड्न र नेपालको शैक्षिक प्रणाली तथा त्यसमा सुधार गर्नुपर्ने पक्षका बारेमा सामूहिक छलफल गरी आएका निष्कर्षलाई सरकारलाई सुझावको रूपमा दिने अध्यक्ष बडालले जानकारी दिए । 

bidhyarthi mahotsav (4)

महोत्सवमा नेपाली विद्यार्थीहरूका विज्ञान र प्रविधिसँग सम्बन्धित खोज, अनुसन्धान र नवप्रवर्तनका विषय पनि प्रदर्शनी गरिने अनेरास्ववियुले जनाएको छ । ‘विद्यार्थी महोत्सव’ विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नका लागि लाइभ म्युजिक कार्यक्रम समेत राखिएको अध्यक्ष बडालले बताए ।

bidhyarthi mahotsav (5)

जोन एण्ड दि लोकल्स, द इलिमेन्ट र अनुप्रस्थजस्ता चर्चित ब्यान्डका कलाकारहरूले प्रत्येक दिन दिउँसो ३ देखि साँझ ६ बजेसम्म साङ्गीतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गर्ने उनको भनाइ छ । महोत्सवमा देशभरिबाट करिब एक लाख विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने लक्ष्य लिएको उनको भनाइ छ छ । झन्डै डेढ करोड खर्च लगाएर अनेरास्ववियुले महोत्सवको आयोजना गर्न लागेको हो । 

bidhyarthi mahotsav (6)bidhyarthi mahotsav (7)bidhyarthi mahotsav (8)bidhyarthi mahotsav (9)bidhyarthi mahotsav (10)bidhyarthi mahotsav (11)bidhyarthi mahotsav (12)bidhyarthi mahotsav (13)bidhyarthi mahotsav (14)bidhyarthi mahotsav (15)bidhyarthi mahotsav (16)bidhyarthi mahotsav (17)bidhyarthi mahotsav (18)bidhyarthi mahotsav (19)bidhyarthi mahotsav (20)bidhyarthi mahotsav (21)bidhyarthi mahotsav (22)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया