५० वर्ष कम्युनिस्ट आन्दोलनलाई वरिपरि घुमाउने गरी महाधिवेशनमा जाँदैछौँ : महासचिव भुसाल
_CrwJygjxJi.jpg)
काठमाडौँ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले आगामी ५० वर्ष नेपालको कम्युनिस्ट आन्दोलनलाई घुमाउने गरी महाधिवेशनमा जान लागेको दाबी गरेका छन् । मंगलबार ललितपुरको बालकुमारीमा केन्द्रीय समिति बैठकको उद्घाटन समारोह सञ्चालन गर्दै उनले महाधिवेशनले लिएको नीतिले तत्कालीन रूपमा केही तलमाथि भए पनि ५० वर्ष कम्युनिस्ट आन्दोलनलाई घुमाउने गरी मूल बाटो तय भएको दाबी गरेका हुन् ।
‘हामीले महाधिवेशनमा जे भन्ने छौँ, त्यसकै वरिपरि नेपाली कम्युनिस्ट पार्टीको आन्दोलन ५० वर्ष वरिपरि घुम्नेछ । तत्कालीन परिस्थितिले केही कार्यक्रम तलमाथि होलान् । तर मूलबाटो त्यही हुनेछ । हामी त्यस्तो बाटो कुर्दैछौँ । यस अर्थमा त्यो चेतना, त्यो सङ्कल्पका साथ अगाडि बढ्ने छौँ’, महाधिवेशनको आगामी कार्यदिशाबारे प्रस्ट पार्दै भुसालले भने ।
महाधिवेशनको एजेन्डामाथि छलफल गर्न आजदेखि एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक सुरु भएको छ । एकीकृत समाजवादीको १० औँ महाधिवेशन ३ गतेदेखि ७ गते काठमाडौँमा हुँदैछ । २०७८ भदौ ९ मा एमालेबाट अलग भएपछि एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै