शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सल्यानमा सुत्केरी श्रीमतीको हत्यापछि श्रीमानद्वारा आत्महत्या

मङ्गलबार, ०१ जेठ २०८१, १३ : ५३
मङ्गलबार, ०१ जेठ २०८१

सुर्खेत । सल्यानमा दम्पती नै मृत भेटिएका छन् । नेपाल प्रहरीका अनुसार शिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३२ वर्षीय केशव रानाले धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती केवली रानाको हत्या गरेर आफूले आत्महत्या गरेका हुन् ।  

केवली मात्र १३ दिनको सुत्केरी थिइन् । श्रीमतीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरी श्रीमान् पनि घरनजिकै रुखमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । 

उनका अनुसार घटना मंगलबार बिहान करिब ४ बजेको समयमा भएको हो । राना दम्पतीका १३ दिनको नवजात शिशु छोरीसहित ४ छोराछोरी रहेका छन् ।  

केशवको मानसिक अवस्था ठिक नभएको र मापसे धेरै गर्ने गरेको कुरा स्थानीयबाट जानकारीमा आएको कार्कीले बताए ।

 ‘हामीले अहिले घटनास्थलमै छौँ, शव पोस्टमार्टमका लागि लिने तयारी भइरहेको छ,’उनले भने ।घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ । 

यसअघि आइतबार पनि सल्यानमा यस्तै घटना घटेको थियो । बनगाड कुपिण्डे नगरपालिका–४ देउलीमा श्रीमान्ले श्रीमतीको घाँटी रेटेर हत्या गरी आफै झुन्डिएर आत्महत्या गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप