राजीनामा नदिएको भए उपेन्द्र यादवलाई गलहत्त्याएर निकालिन्थ्यो : माधव नेपाल
_YZpCfqX3pr.jpg)
काठमाडौँ । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट गलहत्त्याएर निकालेको आरोप लगाएका छन् । मंगलबार ललितपुरस्थित बालकुमारीमा केन्द्रीय समितिको उद्घाटन समारोहमा बोल्दै उनले जसपा नेपाल विभाजन नभए विभाजित गरिएको आरोप लगाएका हुन् ।
नेपालले तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी ओलीको प्रतिगमनविरुद्ध उभिएको जसपालाई निर्वाचन आयोगले समेत मान्यता दिएकोमा असन्तुष्टि पोखे । ‘समाजवादी मोर्चामा सहभागी भएको एउटा पार्टी विभाजित गरियो । विभाजित गरिएको मात्र होइन । सरकारबाट निकालियो । आफैँ राजीनामा दिएर अलग भएको हो कि भन्ने तपाईंलाई लाग्ला । होइन निकालियो । मुन्ट्याउने काम मात्र भएन । उपेन्द्र यादवले राजीनामा नदिएको भए गलहत्त्याएर निकालिन्थ्यो,’ प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीप्रति लक्षित गर्दै नेपालले भने, ‘हिजो काम छँदाको भाँडो काम सकिएपछि ठाँडो भने जस्तै उपेन्द्र यादवको हामीले अवस्था देखिरहेका छौँ । तपाईंहरू सबैलाई थाहा छ । केपी ओलीको प्रतिगमनविरुद्ध जुद्धने सिलसिलामा सँगसँगै अगाडि बढेको त्यो पार्टी । निर्वाचन पश्चात् बनेको गठबन्धनको एक महत्त्वपूर्ण घटक त्यो पार्टी विभाजित भयो । विभाजन गरियो । जनता समाजवादी पार्टी नेपालमा नेपाल हटाएर अशोक राईको नेतृत्वमा नयाँ पार्टी निर्माण गरियो । निर्वाचन आयोगले त्यसलाई मान्यता दियो ।’
विभाजन वैधानिक थियो कि थिएन भन्ने कुरा अदालतले नै टुङ्गो लगाउने उनको भनाइ छ । गएको फागुन २१ गते फेरिएको एमाले सहितको नयाँ गठबन्धनमा जसपाले साथ दिएको थियो । सरकारका निवर्तमान उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री रहेका यादव अमेरिका र कतार भ्रमण रहेकै बेला विभाजन भएको थियो । विभाजनपछि यादवले सोमबार प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन
-
उदण्ड प्रदर्शनका दोषीमाथि कानुनी कारबाही गर्न महासंघको माग
-
स्टुआर्ट बने नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक
-
१२ बजे, १२ समाचार : ज्ञानेन्द्र समर्थकको उद्दण्ड प्रदर्शनमा दुई जनाको मृत्युदेखि कर्फ्यू आदेश र सेना परिचालनसम्म
-
ज्ञानेन्द्र समर्थकको उद्दण्ड आन्दोलन : यस्तो छ तोडफोड, लुटपाट र आगजनीको विवरण
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा