सुकेधारामा पुरुष मृत फेला
मङ्गलबार, ०१ जेठ २०८१, १० : ५४

काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ सुकेधारा चोकमा एक जना पुरुषको शव भेटिएको छ । सुकेधारा चोकस्थित रोयल मार्बल नजिकै सडकमा खोटाङ घर भएका ४४ वर्षीय भीषण गिरी मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले रातोपाटीलाई बताए ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ घर भएका गिरी सो एरियामा बस्दै आएका थिए ।
उनको शव पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम
-
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
-
पर्यटक लक्षित गर्दै भारतीय सवारीमा स्टिकर टाँस अभियान सुरु
-
१० बजे १० समाचार : तीनकुनेका ‘कमाण्डर’ हिरासतमा, ज्ञानेन्द्रलाई समितिमा बोलाउन प्रस्ताव
-
एनएसएल फुटबल : धनगढीले काठमाडौँ रेजर्सलाई हरायो