राष्ट्रपतिलाई नीति तथा कार्यक्रम पढ्न दिन कांग्रेस सहमत

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ ।
मंगलबार सिंहदरबारमा बसिरहेको कांग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने विषयमा मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भएपछि भने आफूहरूको माग पूरा नभएसम्म अवरोध कायमै राख्नेगरी छलफल भएको छ । कांग्रेसले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बिहान नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । यस्तै प्रचण्डले कांग्रेसको माग बमोजिम छानबिन समिति गठन गर्न पनि आफू सकारात्मक रहेको बताएका थिए ।
दलको बैठक अहिले जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म