बिहारका पूर्वउपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन
मुम्बई । बिहारका पूर्वउपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ । उनी ७२ वर्षका थिए र पछिल्लो केही वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका थिए ।
बिहारका उपमुख्यमन्त्री सम्राट चौधरीले एक्समा पोस्ट गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । यसअघि लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफू पछिल्लो छ महिनादेखि क्यान्सर रोगसँग लडिरहेको र लोकसभा चुनावमा धेरै गर्न नसक्ने बताएका थिए ।
मोदीले सन् १९७१ देखि विद्यार्थी राजनीति सुरु गरेका थिए । उनी त्यतिबेला पटना विश्वविद्यालय संघको ५ सदस्यीय क्याबिनेटको सदस्यमा निर्वाचित भएका थिए । सन् १९७३ मा उनी महामन्त्री चुनिए ।
जेपी आन्दोलनको प्रभावमा आएपछि उनले बिचमा नै पोस्ट ग्राजुएट छाडेका थिए । आपत्कालमा उनी १९ महिला जेलमा बसेका थिए । सन् १९७७ देखि १९८६ सम्म उनी अखिल भारतीय विद्यार्थी परिषद्मा महत्त्वपूर्ण पदमा रहे ।
सन् १९९० मा मोदी पटना केन्द्रीय विधानसभा क्षेत्रबाट विधानसभामा पुगेका थिए । सन् १९९५ र २००० को चुनावमा पनि उनले यही सिटबाट जितेका थिए । सन् २००४ मा उनी भागलपुर लोकसभा क्षेत्रबाट चुनाव जितेका थिए ।
सन् २००४ मा उनले सांसद पदबाट राजीनामा दिँदै विधान परिषद्मा चुनिए । उनी उपमुख्यमन्त्री पनि बने । यसबिच उनले पार्टीमा अलग–अलग भूमिका सम्हालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?
-
आफ्नो गाउँ ठाउँलाई उपेक्षा गरिएको कास्कीकोटवासीको गुनासो
-
सरल सहयात्रीले सार्वजनिक गरे दुई वर्षमा बागमती प्रदेश सभामा भएका प्रगति विवरण
-
कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
-
प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस