कान्स फिल्म फेस्टिभलमा सहभागी हुन बालेन फ्रान्स प्रस्थान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स प्रस्थान गरेका छन् । दुई जना सल्लाहकारसहित उनी फ्रान्सतर्फ प्रस्थान गरेका हुन् ।
महानगर प्रमुख बालेनसँग कुमार व्यञ्जनकार र सुनिल लम्साल पनि फ्रान्सतर्फ लागेका हुन् । कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा फ्रान्स लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउने कार्यक्रम छ । बालेनले त्यो अवधिमा फेस्टिभलका विभिन्न गतिविधिहरूमा सहभागिता जनाउने बताइन्छ ।
मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग उनको भेटवार्ता समेत हुँदैछ । बालेनले फेस्टिभलको रेड कार्पेट तथा प्रीमियरमा समेत सहभागिता जनाउने निश्चित भएको छ ।
बालेनको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको समेत आयोजना गरिने बताइन्छ । बालेनले कान्स फिल्म फेस्टिभलको क्रममा अडियो–भिजुअल कन्टेन्ट क्रिएसन चेनको अवलोकन समेत गर्ने कार्यक्रम पनि तय भएको छ ।
यसअघि, गत वर्षको कात्तिक महिनामा युनेस्कोले नेपालको संघीय राजधानी काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचीकृत गरेको छ । फ्रान्सको कान्स पनि फिल्मको क्रिएटिभ सिटीको रूपमा सूचिकृत भएको सहर हो । त्यसैले कान्सका मेयरले बालेनलाई पठाएको निमन्त्रण पत्रमा फेस्टिभल फिल्मको क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसरको रूपमा उल्लेख गरेका छन् ।
१४ मे अर्थात जेठ १ गतेदेखि २५ मे अर्थात जेठ १२ गते शनिबारसम्म आयोजना हुने कान्स फिल्म फेस्टिभलमा नेपालमा छायांकन भएको फिल्म ‘द सेमलेस’ अन रिगार्ड विधा तथा नेपाली भाषाको फिल्म ‘‘ताराः अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
सुकुटी बेचेर मासिक दुई लाख आर्जन
-
पूर्वाञ्चल विश्वविद्यालयले विराटनगरमा बालविकासबारे अन्तर्राष्ट्रिय सम्मेलन गर्दै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति छ ? (सूचीसहित)
-
वायु प्रदूषण बढेको भन्दै वातावरण विभागले दियो यस्तो सुझाव
-
राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा दरखास्त आह्वान