ब्लग : धनबहादुरको नयाँ नेपाल !
सुदीप रेग्मी
वैशाख आधा नाघिसक्यो । जाडो उस्तै छ । पिँडीको डिलमा बसेर धनबहादुर चुरोट सल्काउँदै गमिरहेको छ । भित्र चमेली खै के–के गुनगुनाउँदै छ । जमाना फेरिएको छ । हातकै मोबाइलबाट रेडियो सुन्दै गरेको धनबहादुर भित्रभित्रै मुस्काउँर्दै छ ।
देशमा सङ्घीयता आइसक्यो । विकासले कुन्यो लगाउने भाषण सुनको धेरै भा’छैन, मनमा ताजै छ ।
रेडियोमा समाचारका हेडलाइनहरू बज्न थाले । तीन वर्षभित्र देश कृषि उत्पादनमा आत्मनिर्भर, ५ वर्षमा रेल, १ वर्षभित्र सडक निर्माण, २४सै घण्टा स्वास्थ्य सेवा, नेपालमा रकेट, पानी जहाज यस्तै यस्तै ।
महिना वैशाख हो । मौसम बर्खाभन्दा फरक पर्दैन । दिनभरीको थकान बिहानबेलुका काम नगरी खान पुग्दैन उसलाई । पाखुरा बर्जान थालेको वर्षौं भइसकेको छ ।
सुन्दैछ निमुखाहरूको उन्मुक्ति दिलाउने नेताहरू मन्त्री भएका छन् । दिनभरीको धकानले धनबहादुर विस्तारमा घुर्तुक पल्टना साथ निदाउँदै सपनामा मस्त भयो ।
धनबहादुर यतिखेर पाँचतले घरको छतमा बसेर वरिपरि नियाल्दै छ । छोरो अफिस जान कोट पाइट लगाएर रेडी अवस्थामा छ । भर्खरै घर नजिकै रेल आएर रोकियो । ऊ रेलमै चढेर अफिस जाँदै छ । छिमेकी श्यामे आज पानी जहाजमा सवार हुँदै उत्कृष्ट कृषकको पुरस्कार थाप्न सम्मेलनमा जाँदै छ ।
बारीका कान्ला कान्लामा रेल कुदिरहेका छन् । परबाट प्लेन ल्यान्ड गर्न मैदान आउँदै छ । च्यामे र हर्केको उस्तै ठाँट छ । अचेल बारीका मकै र गहुँ घरबाटै बिक्री हुन थालेका छन् । वर्षभरी दाउराको समस्या छैन ।
अचेल बटम दबाउँनेवित्तिकै पाइएपलाइनबाट ग्यास आउँछ । २४सैँ घण्टा बिजुली बत्ती, केही ठाउँमा हावाबाट बिजुली उत्पादन भएको छ । नजिकै हस्पिटलमा बुढाबुढी उपचार गर्न जाँदै छन् । धनबहाुदर छतबाटै क्षितिजलाई नियाल्दै थियो, माथीबाट प्याराग्लाइडिङ उड्न थाल्यो । उसको मन उमङ्ग छ ।
एक्कासि मेघ गर्जियो । धनबहादुरको निन्द्रा हराम । भूकम्पले मक्किएको घरबाट पानी चुहुन लागिसकेको थियो । घर भित्रभित्रै तप्प तप्प पानी पर्दै थियो । चेमली ऐया आत्था गर्दै थिई । हडबडाउँदै धनबहादुर सिटामोल खोज्न कुन्तुर पुग्यो । तर सिटामोट थिएन । एउटा गोटी सिटामोल खोज्न गाउँभरी चाहा¥यो तर धनबहादुरको मिहिनेत व्यर्थ भयो ।
उता चमेलीको व्यथा बढ्दै थियो । पानी ख्वाउने मान्छेसम्म कोही छैन । यसपालि पनि धनबहादुर सिटामोल खोज्न २ दिन लगाएर ऋणधन गर्दै बजार जानुपर्ने भयो । १० रुपियाँको सिटामोल लिन धनबहादुर १० हजार खर्च गरेर बजार जाँदै छ । होटलमा बस्नु पर्ने छ ।
बजार जाँदा धनबहादुर सिटामोट मात्र ल्याउँदैन, उसलाई केही महिना पुग्ने नुन पनि ल्याउनु छ । उसको दिनचर्या वषौँदेखि यसरी नै बितिरहेको छ । जो नुनीलो तरकारी खान दुई दिनको बाटो हिँडेर लाइनमा बस्नुपर्छ ।
धन कमाउन भन्दै अमिलो मन बनाउँदै छोरोलाई कतार पठाएको धेरै भएको छैन । भन्छ अझैसम्म उसले काम पाएको छैन । रहर त धनबहादुरलाई पनि थियो, छोरालाई नेपालमै जागिर खुवाउने । जेनतेन १० त पठायो तर त्यसभन्दा माथि पढाउन उसको औकातले भ्याएन । उसको मनमा दिनदिनै आशाङ्का छ, कुन दिन छोरो कफनमा आउने हो ।
दुई दिनको हिँडाइपछि श्रीमतीको मुखमा सिटामोल पार्दा पनि धनबहादुरलाई ठूलै राहात भयो ।
मनमनै गुनगुनाउँदै धनबहादुरले भन्न थाल्यो ।
नेपालमा अहिले रेलभन्दा पनि हामीजस्ता गरिब जनताका छोरा छोरीलाई नेपालमै काम गर्ने वातावरण चाहिएको छ ।
काठमाडौंका सुविधा सम्पन्न जनतालाई मेट्रो रेलभन्दा पनि हामी जस्तालाई नुन बोक्ने गाडी चाहिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट
-
कीर्तिपुरमा स्वतन्त्रमध्ये कसलाई सहयोग गर्ने निर्णयमा पुग्न सकेन रास्वपा