स्कुल बसमा आगजनीप्रति भरतपुर महानगरको आपत्ति
चितवन । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनीप्रति महानगरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सोमबार भरतपुर महानगरपालिकाले एक विज्ञप्ति जारी गर्दै आइतबार बिहान ८ः२५ बजेको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किमी दक्षिणतर्फ रहेको दद्राहनी पुल नजिकै भएको आगजनीको घोर निन्दा गरेको छ ।
मोटर साइकलमा आएका ६ जनाको अज्ञात समूहले आइतबार बिहान हेभन बोर्डिङ स्कुल भरतपुर–५ को बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने बसमा आगजनी गरेको थिए ।
महानगरपालिकाले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा समेत शान्ति क्षेत्रको अवधारणा र मर्म विपरीत विद्यार्थीलाई भयभीत पार्ने कार्य हुनु दुखद र निन्दनीय कार्य भएको जारी विज्ञप्तिमा भनिएको छ । कहीँ कसैबाट यस्ता प्रकारका गतिविधि नगर्न नगराउन सबै पक्षको ध्यानाकर्षण गर्दै शान्तिपूर्ण तरिकाले पठनपाठन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सहयोग पुराउन भरतपुर महानगर सम्बन्धित सबै पक्षलाई यसै प्रेस विज्ञप्तिमार्फत आह्वान पनि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता
-
टीआरसी ऐनमा संवैधानिक इजलासले उठायो प्रश्न, अग्राधिकार दिँदै लिखित जवाफ पेस गर्न आदेश
-
पेप्सीको नक्कली भ्याट बिल प्रकरण : उच्च अदालतको फैसला ‘त्रुटिपूर्ण’ भन्दै सर्वोच्चमा पुग्यो सरकार
-
सरकार, अख्तियार लगायत संवैधानिक निकायले टेरेनन् लेखा समितिलाई
-
रवि लामिछानेको बयान सकियो