मन्त्रालयको टुङ्गो नलागेपछि रञ्जुले लिइनन् शपथ
सोमबार, ३१ वैशाख २०८१, २० : ४१

काठमाडौँ । मन्त्रालयको टुङ्गो नलागेपछि जनता समाजवादी पार्टी (जसपा)की सचिव रञ्जु ठाकुरले विनाविभागीय मन्त्रीको शपथ लिइनन् ।
जसपाले दुई मन्त्री र एक राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाएको थियो । सोमबार एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएपनि रञ्जु ठाकुरले भने शपथ लिइनन् ।
मन्त्रालय नटुङ्गेपछि उनले विनाविभागीय मन्त्रीको शपथ नलिएको बताइएको छ । मन्त्रालयको टुगों लगाएपछि मात्र उनले शपथ लिने स्रोतले जनाएको छ ।
सोमबार जसपाबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा प्रदीप यादव र राज्यमन्त्रीमा हसिना खातुनलले शपथ लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आधुनिक नेपाल एकीकरण अभियानका बडाकाजी अमरसिंह थापा
-
रातो मच्छिन्द्रनाथ रथारोहणका लागि तयारी तीव्र (तस्बिरहरु)
-
गणतन्त्र बलियो बनाउनु नै आजको आवश्यकता
-
२० करोड बराबरको यार्सागुम्बा निर्यात
-
सभापति देउवाद्वारा डङ्गोलको निधनप्रति दुःख व्यक्त
-
एनएसएल फाइनल : पोखराले रोक्न सक्ला साबिक विजेता ललितपुरको अपराजित यात्रा ?