राष्ट्र बैंकद्वारा भुक्तानी सेवा प्रदायक इ–नेट पेमेन्टको लाइसेन्स खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैैंकले भुक्तानी सेवा प्रदायक कम्पनी इ–नेट पेमेन्टको इजाजपत्र (लाइसेन्स) खारेज गरेको छ ।
कम्पनीले बैंकको निर्देशनको परिपालना नगरेको देखिएकोले भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३५ को उपदफा १ को खण्ड (ङ) र (च) तथा भुक्तानी तथा फस्र्यौट विनियमावली, २०७७ (संशोधन सहित) को विनियम ३५ को १ (ग) को व्यवस्थाबमोजिम संस्थाको भुक्तानी उपकरण सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाई संस्थाको अनुमतिपत्र खारेज गरिएको बैंकले जनाएको हो ।
सोमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सूचना प्रकाशित भएको ३१औँ दिनदेखि लागू हुनेगरी कम्पनीको भुक्तानी सेवाको लाइसेन्स खारेज गरेको जनाएको छ । कम्पनीले २०७६/११/२१ गते भुक्तानी सेवा सञ्चालनको अनुमतिपत्र पाएको थियो ।
संस्थाले जारी गरेका भुक्तानी उपकरणहरू प्रयोग गर्ने ग्राहकहरूको संस्थासँग कुनै लेनदेन÷दायित्व बाँकी रहेको भए यो सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्नु समेत केन्द्रीय बैंकले सोही सूचनाद्वारा सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा