जसपा नेपालको केन्द्रीय समिति : विभाजनमा संलग्न नेताहरूको आलोचना

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक भोलि ११ बजे पुन: बस्ने गरी स्थगित भएको छ । जसपा नेपाल विभाजन भएपछि यो पहिलो केन्द्रीय समितिको बैठक हो ।
भोलिसम्म चल्ने बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरूले पार्टीबाट अलग भएका नेताहरूको खुलेर आलोचना गरेका छन् । पार्टी विभाजन गरेकाहरू पहिलादेखि नै यो कर्ममा लागेको र विगतमा पनि पार्टी विभाजनका लागि पटक पटक प्रयास गरेको भन्दै त्यस्ता व्यक्तिहरू पार्टी छाडेर गएकै राम्रो भन्दै सदस्यहरूले टिप्पणी गरेको पार्टीका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।
‘पार्टी अब एक ढिक्का बनाएर अगाडि बढ्ने सबैको सहमति रहेको छ । विगतमा भएका कमीकमजोरीलाई सच्याउँदै पार्टीलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्ने सुझाव केन्द्रीय सदस्यहरूको रहेको थियो,’ प्रवक्ता सुमनले भने ।
आज ६० जना केन्द्रीय सदस्यले बोल्नका लागि नाम लेखाएका थिए । त्यसमध्ये आज ३०–३५ जनाले आ-आफ्नो धारणा राखेका थिए । समसामयिक विषयवस्तुको बारेमा कार्यकारिणी सदस्यहरू राजकिशोर यादव, लालबाबु राउत, गोविन्द चौधरी र रकम चेम्जोङले आआफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वानदेखि सडक विभागका पूर्वमहानिर्देशकले ओगटेको जग्गा जफतसम्म
-
दुर्गा प्रसाईंको ज्यानको सुरक्षाका लागि आह्वान
-
नेपाल प्रहरीले भन्यो–‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
-
घाइते हात्ती बस्ती नजिक आउन थाले
-
चीनले गरेको विकास नेपालका लागि प्रेरणा : दिनानाथ शर्मा
-
वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?