सहकारी समस्या समाधान नगरे आन्दोलन गर्ने कास्कीका राजनीतिक दलहरूको चेतावनी
पोखरा । सहकारी ठगीको विरोधमा कास्कीका राजनीतिक दलहरू एकीकृत भएका छन् । जिल्लाका विभिन्न ५ राजनीतिक दलहरूले सहकारी ठगीको छानबिन र आवश्यक कारबाहीको माग गरेका छन् ।
आइतबार संयुक्त बैठक बसी उनीहरुले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।
विशेषगरी सूर्यदर्शन सहकारी, इमेज, शिवशिखर, मित्रमिलन, विन्ध्यवासिनी लगायत सहकारीमा बढी समस्या देखिएको छ । ‘केही सहकारीहरूबाट रकम अपचलन भएको र सञ्चालकहरू अकूत रकम लिएर फरार भइरहेको अवस्थामा बचतकर्ताहरू आफूले जम्मा गरेको बचत रकम फिर्ता नपाउने अवस्थामा छन्,’ उनीहरुले भने, ‘उक्त सहकारीहरूको बचत रकम अपचलनमा (ठगी धन्दामा) सरकारमा रहेका उच्च पदस्थ जिम्मेवार व्यक्तिहरू नै प्रत्यक्षरुपमा संलग्न भएका यथेष्ट प्रमाणहरू भेटिएकाले हामी कास्की जिल्लामा क्रियाशील राजनीतिक दलहरूको गम्भीर ध्यानाकर्षण भएको छ ।’
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज केशबहादुर परियार, नेकपा (मसाल) का प्रवक्ता चन्द्रबहादुर केसी, नेपाल समाजवादी पार्टीका जिल्ला इन्चार्ज टीकाराम पौडेल, नेपाल कम्युनिस्ट पार्टीका सचिव उमेश सी. र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सन्तोष पौडेलले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । उनीहरुले सम्पूर्ण पीडित बचतकर्ताको रकमको रक्षा गर्न माग गरेका छन् ।
‘अविलम्ब उनीहरूको बचत रकम फिर्ता, नियम अनुसार सञ्चालित सहकारीहरूको रक्षा र पीडित र आन्दोलित बचतकर्ताहरूको भौतिक सुरक्षाको समेत माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । सरकारले समयमा नै समस्याको समाधान नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी पनि दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवाद थोपर्ने होइन, जगैदेखि उमार्ने हो : प्रचण्ड
-
कांग्रेसले कहाँ–कहाँ टुंग्यायो उम्मेदवार ? (सूचीसहित)
-
झापाका अस्पतालमा बिरामीको चाप बढ्यो, रगत अभाव
-
नुहाउने क्रममा बेपत्ता भएका दुईमध्ये एकको शव फेला
-
दक्षिण कोरियाली विपक्षी नेता ली निलम्बित
-
लाजिम्पाटमा घरजग्गा व्यवसायीलाई आक्रमण गर्नेहरूको पहिचान खुल्यो