‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने
सोमबार, ३१ वैशाख २०८१, १९ : ५०

काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत वर्षको प्रतीक्षित फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । फिल्म जापाको नागोया सहरमा रिलिज हुने निर्माण यूएनए इन्टरटेनमेन्टले जनाएको छ ।
रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको हो ।
अनमोलको अलवा फिल्ममा जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ । फिल्मको अष्ट्रेलिया, अमेरिका लगायतका देशको अधिकार पनि विक्री भइसकेको छ । नेपालमा फिल्म १० जेठबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायांकन, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक्मीका विद्यार्थीलाई अन्यत्र सारियो, कलेजलाई कारबाही गर्न हुँदैछ आनाकानी
-
‘सर्माइ भागेर’ मा ‘दर्पण छाया २’ जोडी पुष्प र सहारा
-
‘आउटलः दफा २१९’को एक्सनले उठाउला सुशीलको करियर ?
-
भोजपुरमा ‘अकबरे खुर्सानी प्रशोधनको केन्द्र’ स्थापना गरिँदै
-
कारागारका कैदीबन्दी घरेलु इलममा, मासिक १५ हजारसम्म कमाइ
-
यसरी म आजकै दिन जेलबाट छुटेको थिएँ