कल्याण उपकार सेभिङ्गका अध्यक्ष लिला बहादुर पुर्पक्षका लागि थुनामा

काठमाडौँ । ललितपुरको कुमारीपाटीस्थित कल्याण उपकार सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका अध्यक्ष लिला बहादुर गुरुङलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत ललितपुरको आदेश अनुसार उनलाई कारागार कार्यालय नख्खु चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
कल्याण उपकार सेभिङ एण्ड क्रेडिटको निक्षेप अपचलन गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध ५८ करोड ७९ लाख ४९ हजार बिगो मागदावी लिएर अदालतमा अभियोगपत्र दायर गरेको थियो । उनीविरुद्ध २९९ पीडितले ११८ वटा जाहेरी दिएका थिए । सो मुद्दामा गुरुङ सहित १४ जनालाई प्रतिवादी कायम गरिएको एसपी सुवेदीले जानकारी दिए ।
उनीविरुद्ध सिआईबीले पनि काठमाडौँस्थित नयाँ कृषि सहकारीको रकम हिनामिना प्रकरणमा अनुसन्धान गरेको थियो । नयाँ कृषि सहकारी प्रकरणमा मुद्दा नचल्ने निर्णयसँगै उनलाई ललितपुर प्रहरीले अनुसन्धान गरेको हो । गुरुङ नयाँ कृषि सहकारीको पनि उपाध्यक्ष हुन् । गुरुङ ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नम्बर–४ का स्थानिय हुन् । ५२ वर्षीय गुरुङ ललितपुर महानगरपालिका वडा नम्बर–४ स्थित बागडोलमा बस्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ
-
युरेनियम प्रशोधन हाम्रो अधिकार हो, सम्झौताको विषय होइन : इरान
-
अन्तर्राष्ट्रिय सेफ सोसाइटीले भृकुटीमण्डपमा फुड फेस्टिभल गर्दै
-
नगर कार्यपालिकाको निर्णयअनुसार तत्काल शिक्षक दरबन्दी मिलान नगर्नु : उच्च अदालत दिपायल