मन्त्रिपरिषद् बिस्तार
जसपाका मन्त्रीको शपथ साँझ ६ बजे
सोमबार, ३१ वैशाख २०८१, १७ : १८

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी हुने एक मन्त्री र एक राज्यमन्त्रीले आजै शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ ६ बजे मन्त्रीको शपथको कार्यक्रम तय भएको हो ।
जसपाबाट प्रदीप यादव मन्त्री र हसिना खानले राज्य मन्त्रीको शपथ लिन बुझिएको छ । आज विहान जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी हुन लागेको हो ।
जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट एक जना मन्त्री पहिले नै सरकारमै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी
-
कडा टक्करबिच त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा नेविसंघका जोशी निर्वाचित
-
राष्ट्रपतिद्वारा ५ वटा विधेयक प्रमाणीकरण
-
गणतन्त्र जिन्दावादको नारा लगाउँदै धनकुटामा एमालेको मोटरसाइकल र्याली
-
सिस्नेरी खोलामा पौडी खेल्न पसेका ३ बालकको अचेत अवस्थामा उद्धार
-
प्राधिकरणका निर्देशकलाई कर्णालीका मुख्यमन्त्रीको फोनः कोहलपुर-सुर्खेत प्रशारण लाइनको विवाद सुल्झाउन आग्रह