प्रतिवेदन
३ हजार ३८६ जना निजामती कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण, अख्तियारलाई पत्राचार
सोमबार, ३१ वैशाख २०८१, १६ : ४९

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले ३ हजार ३८६ जना निजामती कर्मचारीले सम्पत्ति विवरण नबुझाएको जनाएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० बमोजिम उनीहरुले सम्पत्ति विवरण पेश नगरेको आयोगले जनाएको छ ।
यसरी सम्पत्ति विवरण पेश नगर्ने कुल ६ हजार ७०५ जना पदाधिकारी एवं कर्मचारीमध्ये निजामती कर्मचारी ३ हजार ३८६ जना रहेको केन्द्रले आफ्नो प्रतिवेदनमा उल्लेख छ । यस्तै सम्पत्ति विवरण नबुझाउनेमा विद्यालय शिक्षक ८३१, अन्य राजनीतिक नियुक्ति तथा करारतर्फं ८८९ जना रहेका छन् ।
केन्द्रले राष्ट्रिय सतर्कता केन्द्र (कार्य सञ्चालन) नियमावली, २०६५ को नियम १० (२) बमोजिम सम्पत्ति विवरण नबुझाउनेहरुका लागि जरिवानाका तिराउत अख्तियारलाई पत्राचार भएको छ । कानुनअनुसार सम्पत्ति विवरण पेश नगर्नेमाथि ५००० रुपैयाँ जरिवाना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाको भनेर भारतको राष्ट्रगान बजाएपछि पाकिस्तान क्रिकेट बोर्ड आईसीसीसँग रुष्ट
-
‘पहाड’ को छायाङ्कन पुनः सुरु
-
पूर्वराजालाई स्पेस दिनुपर्छ, म गणतन्त्रको विरोध गरिरहन्छु : लिङ्देन
-
प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा
-
फोन समात्ने तरिकाबाट थाहा पाउनुस् कसैको ‘पर्सनालिटी’
-
झापामा करेन्ट लागेर युवकको मृत्यु