लागुऔषध कारोबारी तामाङ सम्पत्ति शुद्धीकरणमा दोषी ठहर
सोमबार, ३१ वैशाख २०८१, १६ : ०९

काठमाडौँ । विशेष अदालत काठमाडौँले लागुऔषध मुद्दामा दोषी ठहर भएका एक अभियुक्तलाई सम्पत्ति शुद्धीकरणमा मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतले मनिष भन्ने दुर्गासिंह तामाङलाई सोमबार दोषी ठहर गरेको हो ।
उनी यसअघि लागुऔषध मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट कसुरदार ठहर भई १० वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना भएको थियो । उक्त मुद्दा उच्च अदालत पाटनले सदर गरेको थियो ।
विशेषले उनलाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पनि दोषी ठहर गर्दै २७ लाख १७ हजार रुपैयाँ बिगो र सोही बराबर जरिवाना हुने फैसला सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई ६ वर्ष कैद हुने फैसला सुनाएको हो ।
उनीसँग २३ लाख ५० हजार नगद समेत बरामद भएको भन्दै विशेषले उक्त रकम पनि जफत हुने ठहर गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फालेका सिंहको उपचारका क्रममा मृत्यु
-
साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?
-
वर्तमान शासन व्यवस्थाको विकल्प छैन : प्रचण्ड