तरुण दलको बैठकमा कुटाकुट

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय समिति बैठकमा हानाहान भएको छ । सोमबार बत्तिसपुतलीको अनुपम फुड्ल्याण्डमा बसेको केन्द्रीय समिति बैठक अध्यक्ष विद्धान गुरुङ र सरोज न्यौपाने पक्षबिच कुटाकुट भएको हो ।
गुरुङ समूहका दिल लामालाई न्यौपानेले समूहका रोहित लामाले कुटपिट गरेको आरोप छ । न्यौपानेले तरुण दलको नयाँ कमिटी आएको ३ वर्ष कट्न लागेपनि केही गर्न नसकेको आइतबार स्टाटस लेखेका थिए । अध्यक्ष गुरुङ नेतृत्वको कमिटीले मुद्रा (पौसा) संकलन र जन्मदिनको केक काट्ने बाहेक अरू काम गर्न नसकेको उनको टिप्पणी थियो । आफूलाई तरुण दलको केन्द्रीय सदस्य हो भन्न नि लाज भइसकेको पनि लेखेका थिए ।
सामाजिक सञ्जालमै गुरुङ र न्यौपाने समूहबिच आरोप–प्रत्यारोप चलेको थियो । गुरुङ र न्यौपाने समूहबिच विवाद बढ्दै जाँदा केन्द्रीय समिति बैठकमा कुटाकुट भएको देखिन्छ । तरुण दलमा दुई वटा समूहमा रहेका गुरुङ र न्यौपाने भाउ पार्टीमा सभापति शेरबहादुर देउवा पक्षमा मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्से सीईओसँग अन्तर्वार्ता : नयाँ स्टक एक्सचेन्जबारे अहिले नै धारणा बनाएसकेको छैन
-
थाइल्याण्डमा प्रधानमन्त्री ओलीलाई स्वागत (तस्बिरहरु)
-
‘पाटन फेस्ट’मा दुर्गेशसहित को–कसले दिँदै छन् प्रस्तुति ?
-
दोस्रो खेलमा पनि पाकिस्तानलाई हराउँदै शृंखला आफ्नो पक्षमा पार्यो न्युजिल्यान्डले
-
चैत १५ गतेको घटनामा मृत्यु भएका सुरेश रजकको परिवारलाई ५ लाख दिने मीनबहादुरको घोषणा
-
सबै समुदायको संवैधानिक आयोग छ, श्रम आयोग किन भएन ?