सत्ता राजनीति
जसपाबाट यादव र ठाकुर मन्त्री बन्दै
सोमबार, ३१ वैशाख २०८१, १४ : ५८

अशोक राई नेतृत्वको जसपाले मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ। अध्यक्ष राईले आज दुई जना मन्त्री र एकजना राज्यमन्त्रीको नाम प्रधानमन्त्री प्रचण्डलाई बुझाएको सो पार्टीले जनाएको छ ।
मन्त्रीमा प्रदीप यादव र रञ्जु ठाकुरको नाम छ भने राज्यमन्त्रीमा हसिना खानको नाम छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै सो पार्टीबाट फुटेको राई नेतृत्वको जसपाले मन्त्रीको नाम पठाएको हो ।
जसपाबाट मन्त्री सिफारिस भएकाहरूलाई कुन मन्त्रालय दिने भन्नेबारे टुङ्गो नलागेको पार्टीका उपमहासचिव प्रदीप यादवले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?
-
आज विश्व ‘अटिजम’ जागरूकता दिवस, विविध कार्यक्रमका साथ मनाइँदै
-
नवरात्र सुरु भएसँगै कालिका मन्दिरमा पर्यटक बढे
-
प्रधानमन्त्री ओली र थाइल्याण्डका प्रधानमन्त्री सिनावातबिच आज भेटवार्ता हुँदै
-
हिजो आफन्तको जिम्मा लगाइएकी युट्युबर गंगा लामालाई आज फेरि साइबरमा उपस्थित गराइने