मिसन ८४ का लागि मात्र नयाँ गठबन्धन बनाएको होइन : मुख्यमन्त्री कार्की

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एमाले र माओवादी गठबन्धन मिसन ८४ का लागि मात्र नबनाएको दाबी गरेका छन् । सोमबार प्रदेशसभाबाट विश्वासको मत माग्दै उनले दीर्घकालीन लक्ष्यका साथ नयाँ समीकरण बनेको दाबी गरेका हुन् ।
‘विभिन्न राजनीतिक, कानुनी झन्झट पार गर्दै नयाँ गठबन्धन बनेको हो । यो कुनै व्यक्तिलाई राज्यमा जिम्मेवारी दिने हथकण्डा मात्र होइन । सिङ्गो देश र प्रदेशका जनताका चाहना बमोजिम अगाडि बढ्ने उच्च राजनीतिक सहकार्य हो’, मुख्यमन्त्री कार्कीले भने, ‘यो सहकार्य कुनै निश्चित अवधिका लागि मात्र होइन । मिसन ८४ का लागि मात्र होइन । यो अभियान देश र जनताको हितमा दीर्घकालीन रूपमा अगाडि बढाउने वचनबद्धता जनाउन चाहन्छु ।’
नयाँ शक्ति सन्तुलनको नयाँ अभ्यासपछि केन्द्रदेखि सबै प्रदेशमा सरकार परिवर्तन भएको स्पष्ट पार्दै उनले प्रचलित कानुन, सर्वोच्चको आदेश, नियमावली र असल परम्परालाई हेरेर सरकार परिवर्तनको अभ्यास बताए । आफूले फेरि सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गरेकाले सबैको विश्वास जितेर कोशी प्रदेशलाई अगाडि बढाउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु
-
जापानमा शक्तिशाली भूकम्प
-
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ