शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

चीनमा कोभिडको समाचार लेख्ने पत्रकार चार वर्षपछि रिहा हुँदै

सोमबार, ३१ वैशाख २०८१, १४ : ०३
सोमबार, ३१ वैशाख २०८१

बेइजिङ । बुहानमा कोरोना भाइरसको प्रकोपबारे सुरुमा खबर दिने एक पत्रकार चार वर्षको हिरासतपछि सोमबार रिहा हुँदैछिन् । पूर्व वकिलसमेत रहेकी चाङ चान कोरोनाका कारण बुहान लकडाउनले ठप्प बनेको खबर दिने चीनका केही स्वतन्त्र पत्रकारमध्ये एक थिइन् ।

चानलाई सन् २०२० को मेमा पक्राउ गरेर कयौँ महिनापछि चार वर्षको जेल सजाय सुनाइएको थियो । चाङको जेल सजाय सोमबार सकिँदैछ । सन् २०२० को फेब्रुअरीमा वुहानमा लकडाउन गरेपछि चाङ्गले शाङहाईबाट ४०० माइलको यात्रा पूरा गरेर बुहानमा भाइरसको प्रकोपको अवस्था र यसलाई नियन्त्रण गर्न भएका प्रयासबारे रिपोर्टिङ गर्न गएकी थिइन् ।

तीन महिनासम्म उनले बुहानको अवस्था र त्यहाँका बासिन्दाहरूको स्थितिबारे फोटो भिडियोहरू खिचेर आफ्नो वि च्याट, ट्विटर र युट्युबमा पोस्ट गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप