केन्या पुर्याएर ७ करोड ५० लाख ठग्ने गिरोहका मुख्य योजनाकार सार्वजनिक

काठमाडौँ । नेपालबाट ‘अमेरिका पठाउँछौँ’ भनेर युवा–युवतीहरूलाई केन्यामा लगेर बन्धक बनाउने गिरोहका मुख्य नाइकेलाई प्रहरीले सार्वजनिक गरेको छ । भारतमा बसेर काठमाडौँमा एजेन्टमार्फत अमेरिका सपना देखाएर ७ करोडभन्दा धेरै ठगेको आरोपमा जगतबहादुर तामाङसहित ३ जना पक्राउ परेका हुन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–२ घर भएका जगतबहादुर तामाङ, तनहुँको ऋषिङ्ग गाउँपालिका–२ घर भएका जङ्गबहादुर विक (बराल) र विष्णुबहादुर बराली छन् ।
भारतीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई दिल्लीबाट पक्राउ गरेर ल्याइएको अनुसन्धानमा संलग्न एक जना अधिकृतले रातोपाटीलाई बताए । सो गिरोहका ३ जना यसअघि नै पक्राउ परेका थिए । उनीहरुले अहिलेसम्म ७ करोड ५० लाख ठगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले रातोपाटीलाई बताए ।
पीडितहरूले उनीहरु बिरुद्ध ५ करोड ५० लाख बिगो बराबरको जाहेरी दिएका छन् । यसअघि पक्राउ परेकी सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पाका श्रीमान् दावा अमेरिकामा छन् । अमेरिकामा जेल परे पनि दावाले निकाल्ने आश्वासन दिएर अवैध बाटोबाट अमेरिका पठाउने नाममा उनीहरुले रकम असुलेका हुन् ।
जगतबहादुर विक सहितका ३ जनाले विगत एक वर्षदेखि भारतमा बसेर ठगी धन्दा चलाएको अनुसन्धानका संलग्न डीएसपी गोविन्द पन्थीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासङ्घको ध्यानाकर्षण
-
सीके र रेशमको एकता : मिलनमाथि नै आशंका, कतिञ्जेल टिक्ला ?
-
विद्युत आपूर्तिको अवस्था तथा औद्योगिक ग्राहकहरुको विद्युत कटौती विषयमा छलफल
-
घुसपैठ गरेको आरोपमा शिक्षकहरूले कुटे स्कुलका कार्यालय सहयोगी
-
आकस्मिक बाहेकका सेवा बन्द गरेर चिकित्सकहरू निरन्तर आन्दोलनमा
-
नेप्सेमा ३.५८ अङ्कको वृद्धि, बढ्यो कारोबार