केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउन परेको याचिका सर्वोच्च अदालतद्वारा खारेज

नयाँ दिल्ली । अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन मागसहित परेको याचिका भारतको सर्वोच्च अदालतले खारेज गरेको छ । याचिकामा मदिरा नीति घोटालासम्बन्धी मुद्दामा पक्राउ परेपछि अरविन्द केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनुपर्ने भनिएको थियो । तर सर्वोच्च अदालतले यो निवेदन खारेज गरिदियो ।
न्यायाधीशद्वय सञ्जीव खन्ना र दिपङ्कर दत्तको संयुक्त इजलासले यस मामिलामा दिल्ली उच्च न्यायालयको निर्णयमा अदालतले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । यस विषयमा कुनै कानुनी अधिकार नभएको ठहर उक्त इजलासले गरेको छ ।
सर्वोच्च अदालतले दिल्लीका लेफ्टिनेन्ट गभर्नरले चाहेमा यो मामिलामा हस्तक्षेप गर्न सक्ने तर अदालतले यस मामिलामा हस्तक्षेप नगर्ने बताएको छ । प्रवर्तन निदेशालय (ईडी) ले अरविन्द केजरीवाललाई मदिरा नीति घोटालामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो ।
अहिले जारी लोकसभाको निर्वाचनलाई दृष्टिगत गरेर अदालतले उनलाई अन्तरिम जमानत दिएको छ । केजरीवाललाई जुन १ मा फेरि जेल जानुपर्नेछ । यस मामिलामा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया जेलमा छन् भने आम आदमी पार्टीका सांसद सञ्जय सिंह जमानतमा रिहा भएका छन् । पक्राउ परेपछि अरविन्द केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग
-
जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्ने जिम्मेवारी माओवादीकै हो : प्रचण्ड
-
सशस्त्र प्रहरीले अर्डर गरेको १ सय २० वटा खुकुरी कारखानाबाटै चोरी, ३ जना पक्राउ
-
माओवादी अभियानप्रति किन आत्तिए मधेसवादी दलका नेता ?
-
बुस्टरमा समस्या देखिएपछि स्पेस एक्सले रोक्यो स्टारसिप ८ को परीक्षण