नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु
सोमबार, ३१ वैशाख २०८१, १३ : ३५
काठमाडौँ । कैलाली र डडेल्धुरामा नुहाउने क्रममा डुबेर चार जनाको मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका-८ स्थित लोहरपुर तेडी बाध नदीमा डुबेर सोही ठाउँ बस्ने बालु साउदकी छोरी १३ वर्षीया दुर्गा साउद र सिताराम खड्काको छोरा ७ वर्षीय अमिल खड्काको आइतबार दिउँसो मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूमध्ये अमिलको उदासिपुर प्राथमिक स्वास्थ्य केन्द्र हसुलियामा र दुर्गाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता डडेल्धुराको गन्यापधुरा गाउँपालिका-२ स्थित सिमताल खोलामा नुहाउने क्रममा डुबेर सोही गाउँपालिका-२ कुँवरगाउँ बस्ने इन्द्र बहादुर मल्लकी छोरी १४ वर्षीया दिपा मल्ल र नारद सार्कीकी छोरी १७ वर्षीया लक्ष्मी सार्कीको आइतबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाममा आतंकवादी हमला : परराष्ट्रमन्त्री राणाद्वारा दुःख व्यक्त
-
प्रधानमन्त्री ओलीद्वारा आतंकवादी हमलाको निन्दा
-
पहलगाममा आतंकवादी हमला : राष्ट्रपति पौडेलद्वारा गहिरो दुःख व्यक्त
-
पहलगाममा आतंकवादी आक्रमण : साउदीको भ्रमण छोट्याएर भारत फर्किए मोदी
-
भारत प्रस्थान गर्नुअघि धवलले भने–मनपरितन्त्रको विरुद्धमा हुने आन्दोलन कुनै हालतमा रोकिँदैन
-
सामुदायिक स्कुलका विद्यार्थी घरमै छन्, निजीका पढ्न जान थाले