दीपिकाले पूरा गरिन् कल्कि २८९८ एडीको डबिङ

नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको आगामी फिल्म कल्कि २९८९ एडी यो वर्षको बहुप्रतिक्षित फिल्ममध्ये एक हो । यो फिल्म हलमा कहिले हेर्न पाइएला भनेर फ्यानहरू उत्सुकताका साथ कुरिरहेका छन् ।
फिल्ममा बलिउड अभिनेत्री दीपिका पादुकोण पनि मुख्य भूमिकामा देखिँदैछिन् । फिल्मलाई यही वर्षको जुन २७ मा हलमा रिलिज गर्ने तयारी मेकरहरुले गरिरहेका छन् । अभिनेत्रीले आफ्नो आगामी फिल्म कल्की २८९८ एडीको डबिङ पूरा गरेकी छिन् ।
दीपिका पादुकोण छिट्टै आमा बन्दैछिन् । यसअघि उनी आफ्नो सबै काम पूरा गर्दैछिन् । यस्तो अवस्थामा अभिनेत्रीले हालै चलचित्र ‘कल्कि २८९८ एडी’ को हिन्दी र कन्नड भाषामा डबिङ पूरा गरेकी छिन् । यो फिल्म धेरै भाषामा रिलिज हुँदैछ ।
‘कल्कि २८९८ एडी’ साइन्स फिक्शन फिल्म हो । मल्टिस्टारर यस फिल्ममा अमिताभ बच्चन, कमल हासन, प्रभास, दीपिका पादुकोण र दिशा पटानी मुख्य भूमिकामा छन् । यो फिल्म यही वर्ष जुन २७ मा हलमा रिलिज हुँदैछ । निर्माण पक्षले छिट्टै चलचित्रको प्रचारप्रसार सुरु गर्दैछन् ।
मिडिया रिपोर्टका अनुसार गर्भवती भए पनि दीपिका फिल्मको प्रचार प्रसारमा सहभागी हुनेछिन् । उनले अन्तरवार्तामार्फत फिल्मको प्रचार गर्नेछिन् ।
फिल्म मेकरहरूले फिल्मको प्रमोसनका लागि उनलाई केही दिनको समय दिएको बताइएको छ । चलचित्र हिन्दी संस्करणको प्रमोसनका लागि छुट्टै योजना बनाइएको चर्चा छ । यसका लागि छिट्टै मुम्बईमा प्रचारप्रसार गरिने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुङ्गा झिक्ने क्रममा एक्स्काभेटर पुरिँदा बेपत्ता चालक मृत फेला
-
शिक्षकपछि डाक्टरहरुले पनि थाले आन्दोलन, १२ गतेदेखि स्वास्थ्यसेवा ठप्प पार्ने घोषणा
-
लुम्बिनीमा विश्व सम्पदा सम्मेलन सुरु
-
समलैङ्गिक दृश्यता दिवस सम्पन्न, अधिकार उपभोग गर्न नपाएको गुनासो
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
स्याङ्जाको हरिनास गाउँपालिकाले पढाई भएको दिनदेखि मात्रै शिक्षकको तलब दिने