करेन्ट लागेर एकै दिन चार जनाको मृत्यु
सोमबार, ३१ वैशाख २०८१, १३ : २६
काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ ।
- प्युठान, नौबहिनी गाउँपालिका-६ निउरा बस्ने २८ वर्षीय सन्तोष दमाइको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । आफ्नै खेत जोत्ने क्रममा बिजुलीको पोललाई अड्याउनको लागि गाडिएको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल बिजुवारमा उपचारको क्रममा मृत्यु भएको हो ।
- महोत्तरी, लोहारपट्टी नगरपालिका-४ बस्ने विमल कापरको छोरा ७ वर्षीय आशिक कापरको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित विवाहको लागि तयार गरिएको साउण्ड सिस्टमको माइकमा बोल्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।
- झापा, कनकाई नगरपालिका-२ बस्ने २३ वर्षीया मिना श्रेष्ठको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरमा होल्डरमा बल्ब लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
- दाङ, घोराही उपमहानगरपालिका-३ भानपुर चोकस्थित सञ्जीवनी मेडिकलको नयाँ भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेर प्युठान माण्डबी गाउँपालिका-२ तिराम बस्ने २४ वर्षीय श्याम नेपालीको आइतबार राति मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोहम्मद सालाहले लिभरपुललाई दिलाए शानदार जित
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन
-
अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा