काेशी प्रदेश
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन प्रदेशसभा बैठक सुरु, कांग्रेस अनुपस्थित
सोमबार, ३१ वैशाख २०८१, १३ : २०

विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभाको बैठक सुरु भएको छ । वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
कार्कीलाई एमालेका ३९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ मध्ये ३ र जसपाकाे १ सांसदले मत दिने तयारी गरेका छन् । समाजवादीका नेता राजेन्द्र राई भने बैठकमा अनुपस्थित छन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ ।
उता, नेपाली काँग्रेस भने प्रदेशसभा बैठकमा सहभागी छैन । प्रतिपक्षी दलकाे तर्फबाट राप्रपा भने उपस्थित भएको छ । कांग्रेस प्रदेशसभा सदस्य भीम पराजुलीले आजकाे प्रदेशसभा बैठक बहिष्कार गरेकाे जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी नकआउट टुर्नामेन्टबाट आईसीसी च्याम्पियन्स ट्रफी
-
युएसएडका ४ हजारभन्दा बढी कर्मचारी बिदामा, डेढ हजारभन्दा बढीको जागिर गुम्यो
-
पहिरोले करिब ३० मिटर सडक पुरियो, सडकमा विशाल ढुंगा
-
कर्मचारीलाई हात लगाएपछि न्युजिल्याण्डका मन्त्रीद्वारा राजीनामा
-
को हुन् जर्मनीका भावी चान्सलर फ्रेडरिक मर्ज ?
-
कर्णालीमा बन्दै ‘तरल नाइट्रोजन प्लान्ट’ : भवनको डीपीआर बनाउन मात्रै ४० लाख खर्च