मन्त्री तामाङले दिए २९ औँ पटक सगरमाथा आरोहण गर्ने कामिरितालाई बधाई
सोमबार, ३१ वैशाख २०८१, १३ : ०३

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सगरमाथा आरोहणमा कीर्तिमान राखेका कामिरिता शेर्पालाई बधाई दिएका छन्। आरोही शेर्पाले आइतबार बिहान २९ औँ पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गरेका थिए ।
उनले सफल आरोहण गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेका छन् । मन्त्री तामाङले सोमबार बिहान करिब १० :२५ बजे सफल आरोहण गरी सगरमाथा आधार शिविरमा आइपुगेका शेर्पासँग भिडियो कलमार्फत कुरा गर्दै सफलताको शुभकामना दिएका हुन्।
कामिरिताले आइतबार बिहान सगरमाथाको चुचुरोमा २९ औँ पटक पाइला टेकेर विश्व कीर्तिमान बनाएका थिए । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिकाका ५४ वर्षीय कामिरिता शेर्पाले सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झण्डै तीन दशक अघिको खानेपानी आयोजना अझै पूरा भएन
-
ज्ञानेन्द्र शाहीको आरोप : प्रधानमन्त्री ओलीको निर्देशनमा आदित्यनाथको फोटो राख्न लगाइयो
-
‘झुम्सा खानेपानी आयोजना चाँडो सम्पन्न गर्नुको विकल्प छैन’
-
पानीको मुद्दालाई राजनीतिकरण गरियो
-
राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै