कांग्रेस प्रमुख सचेतक लेखकसँग रास्वपा सांसद खनालको भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सांसद शिशिर खनालले कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकसँग भेटवार्ता गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर लेखकलाई भेट्न खनाल सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय पुगेका थिए ।
रास्वपाका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनका लागि कांग्रेस लिएको अडानबारे खनालले लेखकसँग छलफल गरेका हुन् । खनालले सहकारी ठगीमा संसदीय समिति गठनको मागमा आफ्ना पार्टी सभापति लामिछानेमाथि केन्द्रित नभई दिन आग्रह गरेका थिए ।
‘हामी संसदीय छानबिन समिति गठनमा सकारात्मक छौँ । रवि लामिछानेमाथि नै केन्द्रित संसदीय छानबिन समिति नभनिइदिनुस् । समग्र सहकारी ठगीका विषयमा समिति बनाउन हामीलाई समस्या छैन । रवि लामिछानेका लागि मात्र समिति बनाएको नदेखियोस्,’ खनालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
छलफलमा लेखकले समग्र सहकारी ठगी प्रकरणमा लामिछानेको विषयलाई प्रवेश गराएर एउटै समिति गठन गर्न सकिने जवाफ दिएका थिए । कांग्रेस नेताहरूले संसदीय समिति बनाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रास्वपाका नेताहरू सकारात्मक देखिन्छन् । संसदीय छानबिन समिति गठनको विपक्षमा उभिएर एमालेले द्वन्द्व सिर्जना गर्न खोजेको कांग्रेस नेताहरूको बुझाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कपिल शर्मा 'किस किस को प्यार करु' को सिक्वेल लिएर आउँदै
-
युक्रेन कहिल्यै नेटोको सदस्य बन्दैन : डोनाल्ड ट्रम्प
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु चुनाव, १ बजेसम्म १७४० मत खस्यो
-
चित्रबहादुरले निर्मल निवास भन्नुपर्नेमा शीतल निवास भनेपछि...
-
सांसद राणा पक्राउ परेको सदनमा जानकारी
-
राप्रपा नेताहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू